चरीकोट। नेपाली कांग्रेसका दोलखा उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्नो विकास अवधारणा सार्वजनिक गरेका छन्। निर्वाचन अभियानका क्रममा मतदाताको घरदैलोमा जाँदा उनले साझा समस्या समाधानमा प्रतिबद्धता व्यक्त गरे।
शिवाकोटीले सिंगो दोलखाको विकासका लागि अलपत्र परेका आयोजनाहरू समयमै सम्पन्न गर्ने कुरा आफ्नो प्राथमिकतामा राखेका छन्। विशेषगरी:
-
लामोसाँगु–जिरी सडकको गुणस्तरीय स्तरोन्नति
-
चरीकोट–मोडी सडकको शीघ्र सम्पन्नता
-
लामाबगर–तिब्बत नाका खोल्ने प्रक्रियालाई तीव्रता
-
दोलखा जोड्ने सुरुङमार्गको प्राविधिक र आर्थिक सुनिश्चितता
-
अलपत्र ठूला पुल र सडक आयोजनाको समयमै सम्पन्नता
शिवाकोटीले २०४९ सालमा कांग्रेस नेतृत्वको जिविसले कोरेको रिङरोड अवधारणालाई साकार पार्दै जिल्लाभर कालोपत्रे सडकको सञ्जाल बिछ्याउने योजना सार्वजनिक गरे।
पर्यटन क्षेत्रमा उनले कालिञ्चोक, भीमेश्वर, शैलुङ, छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका समेट्दै एकीकृत गुरुयोजना अगाडि बढाउने प्रस्ताव राखेका छन्।
-
छोरोल्पा हिमतालमा हिउँदमा आइस हक्की सञ्चालन
-
धार्मिक पर्यटनमा लप्ची, बिगु, जिरी र श्रंगी ऋषिको तपस्या स्थल ‘रामायण सर्किट’ सँग जोड्ने पहल
-
खरिढुंगा क्षेत्रको फिल्म सिटी र हलिउड–बलिउड सुटिङ स्थल विकास
कृषि क्षेत्रमा:
-
किसानलाई मल र बीउका लागि लाइन बस्न नपर्ने डिजिटल कार्ड प्रणाली
-
आलु, तरकारीका लागि कोल्ड स्टोरेज
-
म्याग्नेसाइट र आलम्पु ढुङ्गा खानी सञ्चालन
स्वास्थ्य क्षेत्रमा:
-
चरीकोट अस्पताललाई आधुनिक रिफरल हस्पिटल
-
स्थानीय जलविद्युत आयोजनामा स्थानीय रोजगार प्रवर्द्धन
शिवाकोटीले स्थानीय स्वरोजगार, पर्यटन, सडक, कृषि, स्वास्थ्य र उद्यमलाई जोड दिँदै दोलखालाई समृद्ध बनाउने योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
