Latest News
Kathmandu

कांग्रेस अधिवेशनका लागि मेयरले पत्र पठाए, ‘४ दिनका लागि विद्यालय बन्द गरेर सहयोग गर्नुस्’

कांग्रेस अधिवेशनका लागि मेयरले पत्र पठाए, ‘४ दिनका लागि विद्यालय बन्द गरेर सहयोग गर्नुस्’

बैतडी । पार्टीको १४ औं जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेस बैतडीले जिल्ला सदरमुकामका चार वटा विद्यालय बन्द गर्न पत्राचार गरेको छ । बिरेन्द्र माबि शाहीलेक, जगदम्बा माबि रानिबुंगा, दशरथचन्द माबि सुन्दरखाली र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पत्राचार गर्दै काग्रेसले अधिवेशनका लागि चार दिन बन्द गर्न दबाब दिएको हो ।

दशरथ चन्द नगरपालिकाका मेयरसमेत रहेका कांग्रेस सभापति  नरेन्द्रसिंह थापाले पत्राचार गर्दै मंसिर ४ गतेदेखि ७ गतेसम्म विद्यालय बन्द गरी भवन तथा डेस्क बेन्च सहयोग गर्न भनेका छन् ।

थापाले पार्टी र नगरपालिका दुबैका तर्फबाट विद्यालयहरुलाई पत्र लेखेको भेटिएको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु केही समय अघि मात्रै खुलेको थिए ।
दशैं र तिहारमा फेरि बन्द भएका विद्यालयहरु पार्टीको कार्यक्रमका लागि ४ दिनसम्मै बन्द गर्ने भनिएपछि यसको चौतर्फी बिरोध भएको छ ।

अनेरास्वबियूका जिल्ला संयोजक सन्तोष रानाले राजनीतिक दलले पार्टीको कार्यक्रमका लागि चार चार दिनसम्म विद्यालय बन्द गर्नु निन्दनीय भएको बताए । अर्का विद्यार्थी नेता यज्ञ भट्टले नेपाली कांग्रेस बैतडी र दशरथचन्द नगरपालिकाको विद्यालय बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् ।

निर्णय फिर्ता नगरिए ‘हातमा दही जमाएर’ नबस्ने भन्दै उनले विद्यालय बन्द गर्ने निर्णयको सशक्त प्रतिरोध गरिने बताए ।

विद्यालय बन्द गर्न पत्र आएपछि जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग परामर्श लिने काम भइरहेको बिरेन्द्र माबि शाहीलेकका प्राचार्य कैलाश कनौजीयाले बताए । ‘प्रशासन र शिक्षा इकाईलाई के गर्ने भनेर सोधेका छौं,’ उनले भने– ‘प्रशासनबाट जे निर्देशन आउँछ त्यही गर्ने हो ।’ suchanachautari.com

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु
पछिल्लो समाचार →
स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *