Latest News
Kathmandu

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत भएको खेलमा नेपालले इटालीविरुद्ध १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपाल निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भएको हो ।

नेपालका लागि आरिफ शेखले २७ रन बनाउँदा रोहित पौडेलले २३ रन जोडे । त्यस्तै आसिफ शेखले २० रन, दीपेन्द्र सिंह ऐरीले १७ रन तथा करण केसी १८ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट हात पारे । साथै अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याउँदै इटाली मैदान उत्रिएको छ ।

 Nepal Cricket, T20 World Cup, Italy Cricket, Sports News, ICC

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नदी जोगाउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै
पछिल्लो समाचार →
समाचार – किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *