Latest News
Kathmandu

नदी जोगाउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै

नदी जोगाउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै

काठमाडौं। नदी संरक्षण र साहसिक पर्यटन प्रवर्द्धनको सन्देश दिने उद्देश्यसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आगामी फागुन १४ देखि १६ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्ने महोत्सव यसपटक केवल प्रतिस्पर्धामा सीमित नरही नदी संरक्षण र दिगो साहसिक पर्यटनको सन्देश बोकेर अघि बढ्ने आयोजकले जनाएको छ।

महोत्सवमा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा:

  • कायाकिङका दुई विधा

  • ¥याफ्टिङको एक विधा मा प्रतिस्पर्धा हुनेछ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हिमाल मात्र नभई नदीजन्य साहसिक गतिविधिलाई पनि नेपालको अन्तरराष्ट्रिय पर्यटन पहिचानका रूपमा स्थापित गर्नुपर्ने बताए। उनले नदी संरक्षणबिना साहसिक पर्यटनको भविष्य सुरक्षित नहुने उल्लेख गरे।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले जलविद्युत् आयोजना र नदीजन्य उत्खननले साहसिक खेलमा प्रत्यक्ष असर पारिरहेको भन्दै सरकारलाई जलविद्युत् र पर्यटनका लागि उपयुक्त नदी छुट्याएर दिगो व्यवस्थापन नीति लिन आग्रह गरे।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार महोत्सव नेपालको ५० वर्षे जलयात्रा इतिहासको उत्सवसमेत हो। नेपालमा ¥याफ्टिङ सन् १९६० को दशकदेखि सुरु भई सन् १९७५ देखि व्यावसायिक रूपमा विस्तार भएको थियो।

आयोजकका अनुसार:

  • पहिलो दिन १०० भन्दा बढी कायकरबीच प्रतिस्पर्धा

  • दोस्रो दिन नकआउट चरण

  • तेस्रो दिन ¥याफ्टिङ सत्र

  • व्यावसायिक ¥याफ्टिङका संस्थापकलाई विशेष सम्मान

यस वर्षको महोत्सवले ‘नदी जोगाऔँ, पर्यटन बढाऔँ’ भन्ने सन्देश अन्तरराष्ट्रिय समुदायसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तामाकोसी दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत, प्रशासनसँग सहमतिपछि पोष्टमार्टम सम्पन्न
पछिल्लो समाचार →
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *