Latest News
Kathmandu

तामाकोसी दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत, प्रशासनसँग सहमतिपछि पोष्टमार्टम सम्पन्न

तामाकोसी दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत, प्रशासनसँग सहमतिपछि पोष्टमार्टम सम्पन्न

रामेछाप। मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मन्थली नगरपालिकाले तत्काल राहतस्वरूप जनही २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

राहत तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका पीडितका आफन्तसँग स्थानीय प्रशासनले कानुनबमोजिम पाउने सुविधा उपलब्ध गराउने र थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।

सहमति पश्चात् आज पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी परिवारजनले शव बुझेका छन्।

छलफलमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा बस कम्पनीका प्रतिनिधि सहभागी थिए। प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
पछिल्लो समाचार →
नदी जोगाउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *