Latest News
Kathmandu

समाचार – किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

समाचार – किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल कृषि सेवा उपलब्ध गराउन एनसेलसुपर कृषक प्लेटफर्मले सहकार्य गरेका छन्। यस सहकार्यको उद्देश्य मोबाइलमार्फत किसानसम्म आधुनिक कृषि सेवा पुर्याउनु हो। हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषकमा दर्ता भइसकेका छन्।

यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर, र कृषि स्याटेलाइट अनुगमन जस्ता डिजिटल सेवा उपलब्ध हुन्छन्। किसानहरूले आफ्नै मोबाइलबाट रियल टाइममा बाली समस्या पहिचान, रोग किरा व्यवस्थापन, र स्वमूल्यांकन गर्न सक्नेछन्।

सहकार्यले देशभरका किसानहरूले स्थानीय आवश्यकताअनुसार कृषि परामर्श प्राप्त गर्न सक्ने वातावरण तयार गरेको छ। उच्च पहाडदेखि तराईसम्म अब विशेषज्ञको सल्लाह र आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ।

सुपर कृषक एप मार्फत किसानहरूले विभिन्न सदस्यता प्याकेज लिई प्रिमियम सेवा लिन सक्छन्। वार्षिक प्याकको किस्ताबन्दी प्रति ३ दिनमा १३ रुपैयाँ तिरेर कुल १,५६० रुपैयाँ वा छ महिनाको प्याक प्रति ३ दिनमा १४ रुपैयाँ तिरेर कुल ८४० रुपैयाँ तिर्न सकिन्छ। एकमुष्ट भुक्तानी गर्दा वार्षिक १,२४८ रुपैयाँ वा छ महिनाको ७५६ रुपैयाँ तिर्न सकिन्छ।

कृषि डाक्टर सेवा मार्फत किसानहरूले ८०० भन्दा बढी बालीका रोग किरा र समस्या एआईको माध्यमबाट पहिचान गर्न सक्नेछन् र आवश्यक समाधान पनि प्राप्त गर्न सक्नेछन्।

एनसेल र सुपर कृषकले अबको एक वर्षभित्र १ लाख २० हजारभन्दा बढी किसानसम्म सेवा पुर्याउने लक्ष्य राखेका छन्। यसले कृषि ज्ञान अभिवृद्धि, किसान–विशेषज्ञ दूरी घटाउने, र ग्रामीण नेपालमा डिजिटल पहुँच सुधार्ने महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
पछिल्लो समाचार →
दिगो उद्यमशीलता र सहज व्यवसायीक वातावरणको मुख्य एजेन्डा सहित नीशा अधिकारीको घोषणापत्र सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *