Latest News
Kathmandu

दिगो उद्यमशीलता र सहज व्यवसायीक वातावरणको मुख्य एजेन्डा सहित नीशा अधिकारीको घोषणापत्र सार्वजनिक

दिगो उद्यमशीलता र सहज व्यवसायीक वातावरणको मुख्य एजेन्डा सहित नीशा अधिकारीको घोषणापत्र सार्वजनिक

काठमाडौं । कलाकार तथा गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नीशा अधिकारीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्।

‘सगरमाथा देखि सदनसम्म’ नारासहित सार्वजनिक घोषणापत्रमा उनले दिगो रोजगारी, महिला सहभागिता, सुरक्षित पूर्वाधार, सिर्जनशील अर्थतन्त्र, र ज्येष्ठ नागरिकको सम्मानलाई प्रमुख एजेन्डा घोषणा गरेकी छन्।

अधिकारीले उद्यम दर्ता, अनुमति, कर तथा सेवा प्रक्रियालाई सरल, पारदर्शी र पूर्ण डिजिटल (पेपरलेस) बनाउने प्रतिबद्धता जनाएकी छन्। उनले भनिन्, “उद्यम सुरु गर्न महिनौँ होइन, दिनहरू लाग्ने व्यवस्था हुनुपर्छ।”

महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार घोषणापत्रको दोस्रो प्राथमिकतामा राख्दै अधिकारीले निर्णय तहमा महिलाको उपस्थिति सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताइन्।

सुरक्षित पूर्वाधार, स्वस्थ वातावरण र दिगो सहरी जीवनलाई तेस्रो एजेन्डा बनाएर भू–आकृतिअनुसार पूर्वाधार डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन, गुणस्तरीय निर्माण सामग्री र स्वतन्त्र प्राविधिक अनुगमन लागू गर्न जोड दिइन्।

खेलकुद, कला र सिर्जनशील क्षेत्रलाई आर्थिक पूर्वाधारका रूपमा मान्यता दिन चौथो एजेन्डा, र ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित बुढ्यौलीलाई पाँचौँ एजेन्डा बनाएर स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सुधारको प्रस्ताव गरिन्।

अधिकारीले सञ्चार, टेलिभिजन र चलचित्र क्षेत्रमा दुई दशक अनुभव हासिल गरेकी छन्। फिल्म ‘सुनगाभा’ ओस्करका लागि सिफारिस भएको थियो। राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेकी अधिकारी हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छन्। उनले सगरमाथा र किलिमान्जारो आरोहण पनि सफलतापूर्वक गरिसकेकी छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
समाचार – किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य
पछिल्लो समाचार →
प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरू

Leave a Comment

Your email address will not be published. Required fields are marked *