सुर्खेत। कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ४२ वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। यस अवधिमा स्थानीय निकाय, संविधान सभा, प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहका दर्जनौं निर्वाचन सम्पन्न भए पनि हरेक चुनावमा उठाइने उक्त विमानस्थल निर्माण र सञ्चालनको एजेण्डा कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै, भारतीय नाका जमुनाहा देखि चीनको हिल्सासम्म जोड्ने त्रिदेशीय सडक पनि कर्णालीको पुरानै चुनावी नारा बनेको छ। कर्णाली प्रदेशका उम्मेदवारका अनुहार नयाँ भए पनि चुनावी एजेण्डा पुरानै प्रतिबद्धताको पुनरावृत्तिमा सीमित देखिन्छ।

मुख्य एजेण्डा र वाचा:

  • कर्णाली राजमार्ग दुई लेनमा स्तरोन्नति

  • भेरी करिडोर निर्माण

  • बहुउद्देश्यीय सिँचाइ आयोजना

  • पहाडी जिल्लाका विमानस्थलहरूको स्तरोन्नति र नियमित उडान

  • खानेपानी समस्या समाधान

  • गुणस्तरीय शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा

  • सुकुम्बासीलाई लालपुर्जा वितरण

सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट:

  • कुलमणी देवकोटा (एमाले): बृद्धभत्ता वृद्धि, शिक्षामा गुणस्तर सुधार, गाउँ विकास

  • नारायणकुमार कोइराला (नेपाली कांग्रेस): देशको समग्र विकासका लागि मतदानको अपील

यद्यपि उम्मेदवारका अनुहार नयाँ भए पनि कर्णाली विकाससँग जोडिएका पुरानै एजेण्डा दोहोरिँदा मतदातामा यथार्थ कार्यान्वयनप्रति प्रश्न उठ्न थालेका छन्

फोटो: सुनथराली विमानस्थलमा ४ दशकदेखि निर्णाणाधिन उडान परीक्षण, तत्कालिन उपप्रधानमन्त्री पुर्णबहादुर खड्का र पर्यटन मन्त्री सुदन किराँतीसहितका नेताहरु।

प्रतिक्रिया

सम्बन्धित ख