काठमाडौं देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक (दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्व अनुमान माहाशाखाले जनाएको छ ।
दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक९दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू९भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार १७ गते सोमबार
दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भू९भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक९दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार १८ गते मंगलबार
दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

Leave a Comment