Latest News
Kathmandu

कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेता बने सुनिल खडका

कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेता बने सुनिल खडका

काठमाडौं कमेडी च्याम्पियन सिजन थ्रिमा सुनिल खडका विजेता बनेका छन् । उनले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन् । कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले उक्त कार उपहार पाएका हुन् ।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका थिए ।

कार्यक्रममा कमिडी च्याम्पियनका विजेतालाई सिजी मोटरको लोकप्रिय बाण्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ। साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने समेत प्रतिवद्धता जाहेर गरेको छ।

कमिडी च्यापियनको ग्राण्ड फाइनल विजेतालाई प्रधान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय रहेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतलाई
पछिल्लो समाचार →
बढ्यो सुनको भाउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *