Latest News
Kathmandu

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको सेयर बिक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको सेयर बिक्रीमा

काठमाडौँ एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
घाइते भएका लिम्बूलाई हेलिकप्टरमार्फत उद्धार
पछिल्लो समाचार →
स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा भर्ना खुल्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *