Latest News
Kathmandu

स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा भर्ना खुल्यो

स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा भर्ना खुल्यो

काठमाडौं काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा भर्ना खुलाएको छ । यसअन्तर्गत बीएससी कम्प्युटर साइन्स, बीसएससी कम्प्युटेसनल म्याथम्याटिक्स, ब्याचलर अफ डेटा साइन्स, बी। टेक बायोटेक्नोलोजी, बीएससी बायोइन्फर्मेटिक्स लगायतका कार्यक्रममा भर्ना खुलाइएको छ ।

यो विषयमा भर्ना हुन विद्यार्थीले ११र१२ कक्षामा फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स (पीसीएम) अथवा फिजिक्स, केमेस्ट्री, बायोलोजी (पीसीबी) विषय अनिवार्य रुपमा लिएको हुनु पर्नेछ । तर कुल प्राप्ताङ्कको ५० प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनु पर्नेछ ।

यसबाहेक बायोइन्फर्मेटिक्सका विद्यार्थीले बायोटेक्नोलोजीको अतिरिक्त अध्ययन गरेर डबल डिग्री समेत लिन सक्ने विश्वविद्यालयले जनाएको छ । यसका साथै १२ कक्षाको नतिजा कुरिरहेका विद्यार्थीले समेत यसमा आवेदन दिन सक्नेछन् ।

भर्ना हुन इच्छुक विद्यार्थीले विश्वविद्यालयले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण हुनु पर्नेछ । विद्यार्थीले ११ साउनसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने छ । यी विषयमा विद्यार्थी कोटा तथा शुल्क यस प्रकार रहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको सेयर बिक्रीमा
पछिल्लो समाचार →
आठ प्रकारका औषधीहरु किनबेचमा विभागले लगायो प्रतिबन्ध

Leave a Comment

Your email address will not be published. Required fields are marked *