Latest News
Kathmandu

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं साताको पहिलो कारोबार दिन सेयर बजार १४.८३ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९० लाख ५० हजार ५७७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ७६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन मनकामना समार्ट लघुवित्तको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.३० प्रतिशतले घटेको हो । त्यसैगरी साधना लघुवित्तको ८.७७ प्रतिशत, गणपति लघुवित्तको ५.७६ प्रतिशत, मनदाकिनी हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द
पछिल्लो समाचार →
आज अमेरिकी डलरदेखि कतारी रीयलसम्मको सटहि दर कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *