काठमाडौं विश्वको नम्बर दुई मेमोरी चिप निर्माताको रुपमा चिनिएको दक्षिण कोरियाको एसके हाइनिक्सले एआईमा ध्यान केन्द्रित गर्दै, आफ्नो चिप्स व्यवसायलाई बलियो बनाउने भएको छ। यसका लागि कम्पनीले सन् २०२८ सम्ममा १०३ ट्रिलियन वोन (७४.६ बिलियन अमेरिकी डलर) लगानी गर्ने यसको अभिभावक एसके समूहले आइतबार बताएको छ।
एसके समूहले आफ्ना १७५ भन्दा बढी सहायक कम्पनीहरूलाई सुव्यवस्थित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स र सेमीकन्डक्टरमा लगानी गर्नुका साथै सेयरहोल्डर रिटर्नमा लगानी गर्न सन् २०२६ सम्ममा ८० ट्रिलियन वोन सुरक्षित गर्ने योजना रहेको पनि बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
कङग्लोमेरेटले दुई दिने रणनीति बैठक पछि योजनाहरू प्रस्तुत गरेको र यसको मुख्य मनि मेकर (पैसा निर्माता) एसके हाइनिक्स र समूहको विद्युतीय सवारीको ब्याट्री आर्मले ठूलो नोक्सानी बेहोरेपछि समूहलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको उल्लेख छ। एसके समूहले हाई ब्यान्डविथ मेमोरी ९एचबीएम० चिप्स, एआई डाटा सेन्टरहरू र पर्सनलाइज्ड एआई एसिस्टेन्टहरू जस्ता एआई सेवाहरू सहित आफ्नो एआई भ्यालु चेनमा ध्यान केन्द्रित गरेर आफ्नो प्रतिस्पर्धात्मकता सुधार गर्न खोजेको बताएको छ।
सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स जस्ता विश्वको शीर्ष मेमोरी चिप निर्माताहरूको घर दक्षिण कोरिया, चिप डिजाइन र कन्ट्र्याक्ट चिप म्यानुफ्याक्चरिङ ९सम्झौता चिप निर्माण० जस्ता क्षेत्रमा केही प्रतिद्वन्द्वीहरूसँग पछि परेको छ।

Leave a Comment