Latest News
Kathmandu

सुनको मुल्यमा सामान्य वृद्धि

सुनको मुल्यमा सामान्य वृद्धि

काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज अमेरीकी डलर सहित अन्य मुद्राको सटहि दर कति ?
पछिल्लो समाचार →
रोल्पामा जिप दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *