Latest News
Kathmandu

ओमिक्रोनका कारण मोटो बोनस दिएर कामदार फकाउँदै विश्वकै ठूलो आइफोन कम्पनी

ओमिक्रोनका कारण मोटो बोनस दिएर कामदार फकाउँदै विश्वकै ठूलो आइफोन कम्पनी

४ माघ, काठमाडौं । चीनको झेङझू शहरमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको स्थानीय प्रकोप देखिएपछि विश्वकै ठूलो आइफोन फ्याक्ट्रीले आफ्ना पूर्व कामदारलाई काममा फर्काउन थप रकम अफर गर्न थालेको छ ।

झेङझूमा ओमिक्रोनको स्थानीय प्रकोपपछि यात्रा अवरुद्ध भएपछि शहरमा रहेको ताइवानी आइफोन कम्पनी फक्सकन टेक्नोलोजी ग्रुपको सबैभन्दा ठूलो उत्पादन शाखा ‘प्रोटक्स इन्क्लोजर बिजनेस ग्रुप (आईपीईबीजी)’ ले मासिक तलबबाहेक मोटो बोनस दिन थालेको साउथ चाइना मर्निङ पोस्टले जनाएको हो ।

आईपीईबीजीले काममा फर्किने कामदारलाई ६ हजार ८६५ युआनको मासिक तलबबाहेक ९ हजार ५ सय युआन (१ हजार ४७० अमेरिकी डलर) बराबरको बोनस दिन थालेको समाचारमा उल्लेख छ । फ्याक्ट्रीले नयाँ आईफोन-१३ को उत्पादन बढाउन थालेपछि गत जुलाईमा समेत यस्तै खाले बोनस प्याकेज अफर गरेको थियो ।

फ्याक्ट्रीले जुन महिनामा बोनस रकम बढाएर ५ हजार ५०० युआनबाट ८ हजार पुर्‍याएको थियो । हाल उक्त बोनस रकममा थप वृद्धि गरिएको छ । चीनको नयाँ वर्ष ‘लुनर न्यु इअर’का क्रममा जनवरी ३१ देखि फेब्रुअरी ६ गतेसम्म हुने बिदामा कामदारहरू घर फर्किने हुँदा त्यसपूर्व नै नै फ्याक्ट्रीले अनुभवी कामदारको खोजी गर्न थालेको हो ।

फ्याक्ट्रीले कम्पनीको इन्टरनल रिफरल प्रोग्राममार्फत् नियुक्त (हायर) गरिने नयाँ कामदारलाई पनि ८ हजार ५ सय बोनस दिने बाचा गरेको छ । त्यस्तै, स्वेच्छाले आवेदन दिने नयाँ कामदारले ९ हजार युआन बोनस पाउने समाचारमा उल्लेख छ ।

झण्डै ३ लाख कामदारलाई रोजगारी दिँदै आएको आइफोनको सो प्रोटक्सन कम्प्लेक्सले एप्पलको विश्व आपूर्तिमा महत्वपूर्व भूमिका खेल्दै आएको छ । जबकि गत महिना फुड पोइजनिङलाई लिएर कामदारले प्रदर्शन गर्दा बन्द भएको चेन्नेई नजिकैको फक्सकनको प्लान्टमा झण्डै १७ हजार मानिसले मात्रै काम गर्छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
पछिल्लो समाचार →
नेपाली बालसाहित्य : नलेखिएको हो वा नपढिएको ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *