Latest News
Kathmandu

पदबाट राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने

पदबाट राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने

काठमाडौं उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता गठबन्धन बनेपछि अल्पमतका परेका प्रचण्ड नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको भन्दै गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिने तयारी गरेका छन्।

लामिछानेका निकटवर्तीहरुलेसमेत राजीनामा दिन सुझाव दिएका छन्। राजीनामा दिएर केपी ओली नेतृत्वको सरकारमा जान समेत लबिङ गर्ने तयारीमा लामिछाने रहेका उच्चस्रोतले जनाएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आजको बैठकपछि निर्णय गरेर आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मनस्थितिमा पुगेको उनी निकट स्रोतको भनाई छ। एक नेताले भने,‘दुई प्रमुख दलबीच नयाँ समझदारी भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। यो अवस्थामा राजीनामा दिनु उपयुक्त होला भनेर सल्लाहमा जुट्नुभएको छ। आज पार्टीको बैठकपछि सम्भवत राजीनामा दिनुहोला।’

संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वमा नयाँ सरकार बनाउने गरी सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज (बुधबार(सम्म राजीनामा गरेर मार्ग प्रशस्त गर्न आह्वान गरिसकेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिमको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गरेको हो।

रास्वपाको केन्द्रीय कार्यालयमा आज केन्द्रीय समितिको बैठक बसिरहेको छ। बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदन छलफल हुने कार्यसूची छ। आजको बैठकले सरकार छाड्ने कि नछाड्ने भन्ने औपचारिक निर्णय गर्नेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलबार बसेको बैठकले भने कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बढ्यो सुनको मुल्य, चाँदीको कति ?
पछिल्लो समाचार →
डकुड्रामा ‘हामी छौु’ सिजन १ को पोस्टर सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *