Latest News
Kathmandu

डकुड्रामा ‘हामी छौु’ सिजन १ को पोस्टर सार्वजनिक

डकुड्रामा ‘हामी छौु’ सिजन १ को पोस्टर सार्वजनिक

काठमाडौँ सलोन सलिना फिल्मसको प्रस्तुतिमा दर्शकमाझ आउन लागेको डकुड्रामा ‘हामी छौु’  सिजन १ को पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक दुई पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्। गाम्रीण जनजीवनलाई पृष्ठभूमिमा पारेर पोस्टर तयार पारिएको छ।

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी प्लाटफर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ एपिसोडको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहने डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्। डकुड्रामा नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जासहित अष्ट्रेलियामा खिचिने जनाइएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पदबाट राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने
पछिल्लो समाचार →
भिभोले ल्यायो ‘भिभो वाई–२८’ नेपालमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *