Latest News
Kathmandu

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी ढकाल पक्राउ

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी ढकाल पक्राउ

काठमाडौँ हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् । गजुरेलको घरमा केही केटाहरु लिएर गएर गुण्डागर्दी गरेकी मीनालाई भक्तपुर प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो।

केटाहरु लिएर मनोजको घरमा ताला लगाउने प्रयास गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । ढकाल बिहानै मनोजको बालकोटस्थित घरमा पुगेकी थिइन्। त्यतिबेला गजुरेल भने घरमा थिएनन्। त्यहाँ ढकालको गजुरेलका परिवारसँग विवाद पनि भएको थियो।

प्रहरीले ढकाललाई साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। मीनाले मनोज गजुरेलसँग सम्बन्धविच्छेद गरिसकेपछि पनि उनको परिवारविरुद्ध नकारात्मक कुराहरु बोलिरहने र मानसिक तनाव दिने गर्दै आएकी छिन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् सम्पन्न
पछिल्लो समाचार →
भारतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *