Latest News
Kathmandu

भारतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

भारतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

काठमाडौँ भारतको गुजरातमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ।

१२ घण्टादेखि जारी उद्धारका क्रममा अहिलेसम्म ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। भग्नावशेष हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ। बीबीसी हिन्दीका अनुसार गुजरात सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको हो।

यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको हो। घर ढल्दा वरपर बस्ने मानिसहरूले भूकम्प आएको हो कि भन्ने सोचेका थिए। आवाज सुनेपछि मानिसहरू घरबाट बाहिर निस्कँदा नजिकैको भवन भत्किएको देखे। एजेन्सी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी ढकाल पक्राउ
पछिल्लो समाचार →
‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ प्रधानमन्त्रीसमक्ष पेश

Leave a Comment

Your email address will not be published. Required fields are marked *