Latest News
Kathmandu

अरुणिमा शैक्षिक प्र्रतिष्ठानद्धारा एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरू सम्मानित

अरुणिमा शैक्षिक प्र्रतिष्ठानद्धारा एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरू सम्मानित

काठमाडौँ  मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राखे । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको स्तरोन्नतिका लागि गोकर्णेश्वर नगरपालिका कटिबद्ध रहेको बताउँदै नगर प्रमुख रिसालले सबै विद्यालयले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । नगर प्रमुख रिसालले शिक्षा क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा गरे ।

प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले समग्र मुलुकमा एसईईको नतिजा खस्किँदा पनि अरुणिमाले उत्कृष्ट नतिजा ल्याएको बताए । अरुणिमा कलेजका प्रमुख केशव जोशीले मध्यम शुल्कमा कलेजले सबै प्रमुख संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिररहेको जानकारी दिए । प्रतिष्ठान संचालक समितिका सदस्य बटुप्रसाद न्यौपाने, अरुणिमा एल्मुनाई एशोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा लिन चाहने जो कोहीका लागि अरुणिमा उत्कृष्ट गन्तव्य भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यार्थीहरू, अभिभावक तथा अन्य अतिथिहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गरे । प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा।वि। बौद्धका ११० जना, नव अरुणिमा मा.वि. आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ४३ जना विद्यार्थीहरू गरी जम्मा १९२ जना विद्यार्थीहरू सम्मानित भएका थिए । सम्मानित विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा हासिल गर्ने अरुणिमा मा.वि., बौद्धका प्रतीक तामाङ र अभि कुमार सुवेदी, नव अरुणिमा मा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका कृष्मा थापालाई नगद पुरस्कार सहित अभिनन्दन गरिएको थियो । समारोहमा विद्यार्थीहरूले आर्कषक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कलाकार सुबोध गौतमको हास्य प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको थियो । समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दोहोरो अंकले बढ्यो नेप्से
पछिल्लो समाचार →
‘प्रचण्ड’ नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै ल्यायो : सांसद सुनिल

Leave a Comment

Your email address will not be published. Required fields are marked *