Latest News
Kathmandu

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको हो ।

नेप्सेमा आज भएको कारोबारमा १५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै आजको कारोबारमा १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । आजको कारोबारमा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । आज ८० हजार ८३८ वटा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ प्रधानमन्त्रीसमक्ष पेश
पछिल्लो समाचार →
अरुणिमा शैक्षिक प्र्रतिष्ठानद्धारा एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरू सम्मानित

Leave a Comment

Your email address will not be published. Required fields are marked *