Latest News
Kathmandu

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौँ काठमाडौ कालीमाटी तरकारी बजारमा आज बिहिबार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी न्युनतम ११० रुपैयाँ रहेको छ । यस्तै बढिमा १२० रुपैयाँ रहेको छ ।

केही दिन देखि गोलभेँडाको मूल्य बढेको छ । गोलभेडा सानो (लोकल) ४० रुपैयाँ रह टनेलको ६० रुपैयाँ रहेको छ । आलु रातो केजीको बढिमा ६६ रुपैयाँसम्म पर्दछ भने, भारतीय रातो आलु भने ५९ रुपैयाँ तोकेको छ । तर, मुडेको आलु किन्दै हुनुहुन्छ भने ५४ रुपैयाँ सरदर पर्दछ ।

यस्तैगरी प्याज सुकेको (भारतीय)९० रुपैयाँ रहेको छ । लेकल बन्दा ४० रुपैयाँ, काउली स्थानिय ९०, ज्यापु काउली ११० रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रत्येक दिन कालीमाटी बजारमा तरकारी तथा फलफूलको मूल्य विवरण संकलन गर्दछ र बजार मूल्य सार्वजनिक गर्दछ ।

खुद्रा बजारमा यसको मूल्यमा केही हेरफेर हुन सक्छ । भन्टा लाम्चो ७० देखि ८० रुपैयाँसम्म पर्दछ । डल्लो भने१०० रुपैयाँसम्म पर्दछ ।

यस्तैगरी तितो करेला १२० रुपैयाँ केजीको सम्म पर्न गएको छ । लौका १०० रुपैयाँसम्म पाइन्छ ।
भिण्डी १२० रुपैयाँ, च्याउ ९कन्य० २५०, डल्ले४५० रुपैयाँ सम्म रहेको जनाएको छ । ब्रोकाउली सरदर १२० रुपैयाँ, चुकुन्दर, ७०, रातो बन्दा ६०, तामा १५०, गुन्दुक ३०० रुपैयाँ केजी रहेको छ । अन्य तरकारी तथा फलफूलको पुरा विवरण यस्तो छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेप्सेमा २३ अंकको वृद्धि
पछिल्लो समाचार →
सुनको मुल्य बढ्यो, चाँदीको कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *