Latest News
Kathmandu

सुनको मुल्य बढ्यो, चाँदीको कति ?

सुनको मुल्य बढ्यो, चाँदीको कति ?

काठमाडौँ नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य
पछिल्लो समाचार →
काठमाडौँ महानगरले माग्यो ३० जना हेबी सवारी चालक

Leave a Comment

Your email address will not be published. Required fields are marked *