Latest News
Kathmandu

प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

५ माघ, जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।

धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल छन् । टाउकोमा चोट लागेका उनको उपचार जारी छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पछिल्लो समाचार →
वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन

Leave a Comment

Your email address will not be published. Required fields are marked *