Latest News
Kathmandu

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

काठमाडौं।नेपालीचलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमाआएको छ ।

चलचित्रले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनकापलहरूलाई पर्दामा उतारेको छ ।
१९८० को दशक, अर्थात् आजभन्दाकरिब ३८ वर्षअघिभएकाघटनाहरूमाआधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रणगर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ । निर्देशक जोन राईका अनुसार, यो चलचित्रभारतका नेपाली समुदायको इतिहासलाई डिजिटलदस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
बिस्टब्रदर्सपिफ्ल्म्स प्रा.लि.को निर्माणमा बनेको ‘बम बहादुर’कानिर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो चलचित्रनिर्माण गरेको बताए । चलचित्रमा सौगातमल्लको प्रमुखभूमिका रहेको छ । साथै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदनभुजेल, भरत वशिष्ठ, अजयप्रधान, शान्तिलातामाङ, रिया भुजेल, बालकलाकार वशिष्टकार्की, सुरेश पन्चकोटी, प्रभातपाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।
चलचित्रको कथा र पटकथाजोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादनज्ञान गुरुङले गरेका छन् । दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्टतथाब्याकग्राउन्ड स्कोर इजाजअलीले तयार पारेका छन् ।
चलचित्रकालाइनप्रोड्युसर प्रकाशहमाल, कलरिस्ट कुनालकुँवर, साउन्डमिक्सर मुकेश शाहहुन् । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एपफ्डीकम्पनीले लिएकाछन् । पोस्ट प्रोडक्शननेपालमाक्लासिकसिने युनिभर्स र भारतमाहिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

निर्देशक राईका अनुसार, यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिकमहत्वलाई बुभफ्को दर्शकहरूको लागिमात्रहोइन, भारत र नेपालकायुवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिनपनिमहत्त्वपूर्ण छ । चलचित्रले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्भफ्नामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
प्रकास सपुतको ‘वसन्त’ ३८ दिनमा प्याकअप
पछिल्लो समाचार →
आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *