
५ माघ, काठमाडौं । चौतर्फी विरोध भएपछि १५ वैशाख, २०७८मा काठमाडौं महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगायो । प्रवेशद्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोकेपछि महानगरले खुलामञ्च खुला भएको घोषणा गर्दै प्रचारबाजी पनि गर्यो । तर, खुलामञ्चको मूल ढोकामा लागेको ताल्चा अझै खुलेको छैन । अर्थात् खुलामञ्चमा पस्न र बस्न सर्वासाधारणलाई निषेध छ ।
महानगरपालिकाका अनुसार खुला राख्दा फोहोर हुने भएपछि खुलामञ्च बन्द गरेर राखिएको हो । बसपार्क हटाएपछि वैकल्पिक बसपार्क नपाएर सार्वजनिक सवारी धनी पीडित भएका बेला खुला गरिएको खुलामञ्च भने महानगरपालिकाले आफ्नै ‘आरक्ष’ जसरी बन्द गरेर राखेको छ । जसका कारण खुलामञ्चमा जाडोमा घाम ताप्न पुग्नेहरु गेट आसपास नै रुमलिन्छन् । फोहोर हुन्छ भनेर बन्द गरिएको खुलामञ्चभित्र भने फोहोरका डंगुरहरू छन् ।