Latest News
Kathmandu

‘फोहोर हुन्छ’ भन्दै महानगरले खुलाएन खुलामञ्च

‘फोहोर हुन्छ’ भन्दै महानगरले खुलाएन खुलामञ्च

५ माघ, काठमाडौं । चौतर्फी विरोध भएपछि १५ वैशाख, २०७८मा काठमाडौं महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगायो । प्रवेशद्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोकेपछि महानगरले खुलामञ्च खुला भएको घोषणा गर्दै प्रचारबाजी पनि गर्‍यो । तर, खुलामञ्चको मूल ढोकामा लागेको ताल्चा अझै खुलेको छैन । अर्थात् खुलामञ्चमा पस्न र बस्न सर्वासाधारणलाई निषेध छ ।

महानगरपालिकाका अनुसार खुला राख्दा फोहोर हुने भएपछि खुलामञ्च बन्द गरेर राखिएको हो । बसपार्क हटाएपछि वैकल्पिक बसपार्क नपाएर सार्वजनिक सवारी धनी पीडित भएका बेला खुला गरिएको खुलामञ्च भने महानगरपालिकाले आफ्नै ‘आरक्ष’ जसरी बन्द गरेर राखेको छ । जसका कारण खुलामञ्चमा जाडोमा घाम ताप्न पुग्नेहरु गेट आसपास नै रुमलिन्छन् । फोहोर हुन्छ भनेर बन्द गरिएको खुलामञ्चभित्र भने फोहोरका डंगुरहरू छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तोरीबारीमा टिकटक बनाउनेको भीड
पछिल्लो समाचार →
संघीय मन्त्रालय र निकायसँग १ खर्ब ८० करोड बराबरको मात्र सम्पत्ति !

Leave a Comment

Your email address will not be published. Required fields are marked *