Latest News
Kathmandu

आठौं चेम्बर एक्स्पो माघ १७ गतेदेखि भृकुटीमण्डपमा हुँदै

आठौं चेम्बर एक्स्पो माघ १७ गतेदेखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गर्ने भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो।

स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारिकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो।
व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारिकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ।

नेपाली उत्पादनको बजारिकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजिले जानकारी दिए।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तानलगायतका देशहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउने छन्।
एक्स्पोमा हस्तकलाका वस्तु, सवारी साधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्। स्वदेशी र विदेशी गरी २ सयभन्दा बढी स्टलहरू एक्स्पोमा राखिने छन्।

५ दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजिले बताउनुभयो।
अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
पछिल्लो समाचार →
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *