Latest News
Kathmandu

हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक

हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ र १३ को सिमानामा दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा बाघ देखा परेको छ।

शनिबार राति स्थानीयहरूले गाउँ वरपर बाघ देखिएको बताएका छन्।

नेपाली कांग्रेसका नेता र हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले सामाजिक सञ्जालमार्फत हेटौँडा १२ र १३ को सिमानामा बिचरोड र रमनटार क्षेत्रमा बाघ देखिएको जानकारी दिएका छन्।

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका स्थानीय बाघको आतंकबाट त्रसित छन्। बाघ देखिएको खबर पाएपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
इटा उद्योगहरू अब आधुनिक रूपमा अघि बढेका छन्।
पछिल्लो समाचार →
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

Leave a Comment

Your email address will not be published. Required fields are marked *