Latest News
Kathmandu

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् ।

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् ।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् । सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।

यता, रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँ  ग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग नेपाली कांग्रेस कास्कीको अगाडी सहकारी पीडितहरुको केहीबेर हात हालाहाल भएको थियो ।

 

 

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक
पछिल्लो समाचार →
काठमाडौंमा भूकम्पको धक्का

Leave a Comment

Your email address will not be published. Required fields are marked *