Latest News
Kathmandu

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि

५ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण हालसम्मकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल २३ हजार ४०९ जनामा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

यस्तै उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य
पछिल्लो समाचार →
एक मन्त्रालय फुत्काउने तीन दलको दाउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *