Latest News
Kathmandu

हिमपात र वर्षा, चिसो अझै चिसो बढ्ने !

हिमपात र वर्षा, चिसो अझै चिसो बढ्ने !

lemu|fgfdf lxdkft 8f]6L, !$ k'; M 8f]6Lsf] lhNnf ;b/d'sfd l;nu9L;Fu} hf]l8Psf] lemu|fgfdf ePsf] lxdkt . lxdkftsf sf/0f lr;f] a9]kl5 oxfFsf ;j{;fwf/0fnfO{ si6s/ ag]sf] 5 . t:jL/ M ljdnaxfb'/ lji6÷ /f;;

६ माघ, काठमाडौँ । देशको पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले अधिकांश क्षेत्रमा बदली भइरहेको भने भने पश्चिम र पूर्वी तराईमा हुस्सु लागेको छ ।

मौसम बदली भइरहेकाले देशभर चिसो अझै बढेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आज
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

राति : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
टी-ट्वेन्टी विश्वकप छनोट खेल्ने नेपाली टिममा सोमपाल र विनोद परेनन्
पछिल्लो समाचार →
भारतमा एकैदिन थपिए सवा ३ लाख संक्रमित, ४९१ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *