युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

६ माघ,काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए । मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो । ‘राति अचानक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’

उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा जातीय विभेदका विषयमा कलम चलाउँथे ।

प्रतिक्रिया

सम्बन्धित ख