Latest News
Kathmandu

पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन

६ माघ,काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए । मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो । ‘राति अचानक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’

उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा जातीय विभेदका विषयमा कलम चलाउँथे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतमा एकैदिन थपिए सवा ३ लाख संक्रमित, ४९१ जनाको मृत्यु
पछिल्लो समाचार →
विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

Leave a Comment

Your email address will not be published. Required fields are marked *