Latest News
Kathmandu

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब झिक्दै

xr:d:DAFZTz0hTIo:750,j:45172352926,t:23041407

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी साउन १८ गते हुनेछ ।

xr:d:DAFZTz0hTIo:750,j:45172352926,t:23041407
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
पछिल्लो समाचार →
किन घट्दैछ नेपालबाट यार्सा गुम्बा निर्यात ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *