Latest News
Kathmandu

असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी

असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।

असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा उनले नुवाकोटस्थित लिखु गाउँपालिका–६, थानसिंह गाउँमा धान रोपाइँ गरेका हुन् ।

केसीको प्रमुख आतिथ्यतामा नेपाल किसान महासंघ नुवाकोटले उक्त धान रोपाइँ कार्यक्रमको आयोजना गरेको थियो ।

किसानको मेहनतलाई सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले उनी रोपाइँ कार्यक्रमममा सहभागि भएका हुन् । रोपाइँ कार्यमा सरिक हुँदै उनले असार केवल खेतीको समय मात्र नभई यो संस्कृति र एकताको प्रतिक भएको धारणा व्यक्त गरे ।

सरकार र विभिन्न संघ संस्थाहरुले आज देशभर धान रोपाइँ कार्यक्रम गरेर र दही चिउरा खाएर रोपाइँ महोत्सव मनाएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
पछिल्लो समाचार →
रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

Leave a Comment

Your email address will not be published. Required fields are marked *