Latest News
Kathmandu

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

७ माघ, काठमाडौं । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।

मौसमविद शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ,’ उनले भनिन् ।

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तिमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ– ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
त्रिविको परीक्षा पनि स्थगित
पछिल्लो समाचार →
घानामा विस्फाेट, कैयौं घर ध्वस्त, १७ शव भेटिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *