Latest News
Kathmandu

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ । इण्डियन आयल कर्पा]रेशन (आईओसी) बाट नै मूल्य बढ़ेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढ़ेर आएको भएको छ । उद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजलमा ४ रुपैयाँ बढ़ाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढ़ाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ़ाएको छ भने मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ़ाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्जीवन बीमा कम्पनीहरुले जेठ महिना सम्म गरे ३९ अर्बभन्दा बढीको आम्दानी
पछिल्लो समाचार →
आजको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *