Latest News
Kathmandu

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित

७ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिए ।

आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको नियन्त्रक बस्नेतले बताए । उनले भने ‘आज हामी बैठक बसिरहेका छौं । नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।’ पीयूले पाँच वर्षे बीएएलएलबीको परीक्षा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तीन राजनीतिक दलको दर्ता खारेज
पछिल्लो समाचार →
कर्णालीमा सुत्केरी आमामाथि ज्यानमारा व्यवहारः घटनाको निन्दा हुन्छ, कुसंस्कार हट्दैन

Leave a Comment

Your email address will not be published. Required fields are marked *