Latest News
Kathmandu

हुम्लादेखि विरामि बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

हुम्लादेखि विरामि बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

सुर्खेत । हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर  दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।

एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर  बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए  ।

दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौषम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

 

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
पछिल्लो समाचार →
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *