Latest News
Kathmandu

जब प्रहरीले नै मोबाइल पसलबाट मोबाइल चोरे…

जब प्रहरीले नै मोबाइल पसलबाट मोबाइल चोरे…

७ माघ, धनगढी । कैलालीको धनगढीस्थित एक मोबाइल पसलबाट प्रहरीले नै मोबाइल चोर्दै गरेको भिडिओ सार्वजनिक भएको छ ।

बिहीबार लागू औषधको कारोबार भइरहेको सूचनाको आधारमा ग्लोबल मोबाइल पसल पुगेको प्रहरीको टोलीका एक जनाले मोबाइल चोर्दै गरेको भिडिओ सार्वजनिक भएको हो । जुन भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो ।

धनगढीको ट्राफिक चोकमा रहेको मोबाइल पसलबाट प्रहरीले मोबाइल चोरी गरेको पसल सञ्चालक सुवास रावलले बताए । सिसिटिभी क्यामेरामा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोबाइल चोरीबारे छानबिन भइरहेको बताए । प्रहरीले बिहीबार उक्त पसलबाट लागु औषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
क्रिकेटको आशा, निराशा
पछिल्लो समाचार →
महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *