Latest News
Kathmandu

डोटिम परिसंघको राष्ट्रिय भेलागर्दै जसपा नेपाल

डोटिम परिसंघको राष्ट्रिय भेलागर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले डोटिम परिसंघको राष्ट्रिय भेला गर्ने भएको छ ।
डोटिम परिसंघको असार २८ गते (शनिबार) काठमाण्डौको डिल्लीबजार स्थित एक पार्टी प्यालेसमा गर्न लागिएको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
बस्नेतले नेपालको वर्तमान राजनीतिक प्रणालीमा संरचनागत भेदभाव कायम रहेको भन्दै दलित, आदिवासी जनजाति, महिला, थारु, अन्य पिछडा वर्ग तथाअल्पसंख्यक समुदायहरुको राजनीतिक र आर्थिक अधिकार र सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीले डोटिम परिसंघ गठन गरेको बताएकाछन् ।
राष्ट्रको मूलधारमा समावेश हुन नसकेका सामाजिक समुह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिङ्ग र भाषा भाषीलाई राष्ट्रको मूलधारमा समावेश गरी शक्ति, साधन स्रोत र अवसरमा न्यायोचित साझेदारीका लागि डोटिम परिसंघले संघर्ष र पैरवी गर्ने उनको भनाइ छ । उनले भने, ‘डोटिम परिसंघ पहिचान र अधिकारको आन्दोलन हो ।’
जसपा नेपालले चन्देश्वर पासवान संयोजकत्वमागठन गरेको डोटम परिसंघको राष्ट्रिय भेलाको तयारी गर्न तथाआवश्यक सहयोग गर्न बनाइएको कार्यदलले भेलाको तयारीलाई तीव्रता दिएको छ ।
जसपा नेपालले भेला तथा अन्तर क्रिया कार्यक्रममा आउने सहभागीहरुलाई आ–आफ्नो जातीय पहिचान झल्किने पहिरनमा उपस्थित हुन आह्वान गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्यपात्र हुन् :प्रधानमन्त्री
पछिल्लो समाचार →
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीःलिटिलएन्जल्स स्कूलको वातावरण मैत्री र प्रविधि सम्बृद्ध यात्रा

Leave a Comment

Your email address will not be published. Required fields are marked *