Latest News
Kathmandu

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीःलिटिलएन्जल्स स्कूलको वातावरण मैत्री र प्रविधि सम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीःलिटिलएन्जल्स स्कूलको वातावरण मैत्री र प्रविधि सम्बृद्ध यात्रा

काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिलएन्जल्स स्कूल (एलए) चार दशकभन्दालामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ।
हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरण मैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरण मैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ।
सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमाआधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम थप्दै आएको छ। सन् १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तह सम्मका कक्षा सञ्चालन गरिरहेको छ।
स्थापना काल देखि नै शत प्रतिशत नतिजा निकाल्दै आएको लिटिलएन्जल्स पछिल्लो २२ वर्षदेखि देशभरिका उत्कृष्ट १० कलेजहरूमध्ये निरन्तर आफ्नो स्थान सुरक्षित गर्न सफलभएको छ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने ध्येयका साथ यो संस्थाले विद्यार्थीलाई संस्कारसहितको प्रविधि मैत्री शिक्षादिने विश्वास राख्दै आएको छ। पाठ्यक्रमलाई युग सुहाउँदो ढंगमाविश्व परिवेश अनुसार परिष्कृत गर्दै एलएले शैक्षिक गुणस्तरलाई सधैं पहिलो प्राथमिकतामा राखेको छ।
गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधि सम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन्। कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रमहरू सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।

शैक्षिक उत्कृष्टता, शारीरिक र मानसिक विकासलाई सँगसँगै अघि बढाउँदै लिटिलएन्जल्स विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
डोटिम परिसंघको राष्ट्रिय भेलागर्दै जसपा नेपाल
पछिल्लो समाचार →
माओवादीको पदाधिकारी बैठक आज बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *