Latest News
Kathmandu

आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।

सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।

यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजन जस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजको मौसम : देशभर वर्षाको सम्भावना
पछिल्लो समाचार →
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *