Latest News
Kathmandu

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ ।

शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।

राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

बिहीबार साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
पछिल्लो समाचार →
सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *