Latest News
Kathmandu

प्रदेश नं.२ को प्रदेश सभा प्रदेशको नाम “मधेस प्रदेश” घोषणा

प्रदेश नं.२ को प्रदेश सभा प्रदेशको नाम “मधेस प्रदेश” घोषणा

७ माघ,जनकपुर ।  मधेस प्रदेशलाई हार्दिक बधाई ! हाम्रो गौरवशाली पहिचानवादी पार्टी जसपा, नेपालले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम “मधेस प्रदेश” घोषणा गरेको छ ।

साथै, प्रदेश मुकाम “जनकपुर” तय गरेको छ । यसका लागि माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यज्युहरू, माननीय सभामुख र माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउत लगायत मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं।

“मधेस प्रदेश” को घोषणाले- १. मधेस प्राप्तिको लागि सहादत हुनु भएका अमर शहिदहरूको सपना पूरा गर्दै शहिदहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ। २. “जसको मुद्दा उसको नेतृत्व हुँदामात्रै राज्य स्थापना गर्न सफल होइने रहेछ” भन्ने स्पष्ट मार्ग निर्देश गरेको छ । ३. जसपा, नेपालले आफ्नो नेतृत्वमा पहिचानको प्रदेश स्थापना गर्न सक्छ भन्ने प्रष्ट प्रमाण पेस गरेको छ । ४. पहिचानवादीहरूमा नयाँ हौसला, उत्साह र नयाँ आशा जगाएको छ । ५. अब पनि पहिचानमा आधारित संघीयता सम्भव छ भन्ने देखाएको छ ।

पुनः मधेस प्रदेशको लागि हार्दिक बधाई ज्ञापन गर्दछौं । धन्यवाद । जय १० प्लस १ । खगेन्द्र माखिम अध्यक्ष: लिम्बुवान राष्ट्रिय समिति रमेश राई अध्यक्ष: किरात राष्ट्रिय समिति लाक्पा शेर्पा इन्चार्ज: शेर्पालुङ राष्ट्रिय समिति मा. जयराम यादव अध्यक्ष: मधेस राष्ट्रिय समिति कृष्ण घलान अध्यक्ष: ताम्सालिङ राष्ट्रिय समिति मनरत्न शाक्य अध्यक्ष: नेवा: राष्ट्रिय समिति दलमर्दन कामी अध्यक्ष: शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति हुम गुरुङ अध्यक्ष: तमुवान राष्ट्रिय समिति पुर्मती ढेंगा मगर अध्यक्ष: मगरात राष्ट्रिय समिति राजन केसी इन्चार्ज: खसान राष्ट्रिय समिति होरिलाल चौधरी अध्यक्ष: थरुहट राष्ट्रिय समिति

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो समाचार →
सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

Leave a Comment

Your email address will not be published. Required fields are marked *