Latest News
Kathmandu

आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने

आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको महाशाखाले जनाएको छ।

आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ भने दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै,आइतबार राति देशभर साधारणतया बदली रहने छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै महाशाखाले कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ। राति नै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
🏯 फुलारी गुम्बा – शान्त वातावरण र काठमाडौंको मनोरम दृश्य 🌄
पछिल्लो समाचार →
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

Leave a Comment

Your email address will not be published. Required fields are marked *