Latest News
Kathmandu

साफ यू २० च्याम्पियनसिप :नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप :नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।

सन् २०२२ यता  सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।

नेपाली टोली ःबिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला
पछिल्लो समाचार →
आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *