Latest News
Kathmandu

बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकालेगर्यो एम्बुलेन्स सहयोग

बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकालेगर्यो एम्बुलेन्स सहयोग

बाजुरा ।  बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।

महानगरपालिकाले हरेक वर्ष ग्रामिण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ ।

महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहित बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको थियो ।

महानगरले हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले ग्रहण गरेका हुन् । एम्बुलेन्स ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रावतले महानगरलाई धन्यवाद दिँदै एम्बुलेन्स सहयोगले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा थप सहयोग पुग्ने बताएका हुन् ।

अब छेडेदह गाउँपालिकासँग २ वटा एम्बुलेन्स भएका छन् । यस अघि भारतीय राजदुतावासले नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको थियो । दुई वटा एम्बुलेन्सले यहाँका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा गरिएको अध्यक्ष रावतले बताएका छन् ।

पालिकाको १ र २ वडाका लागि काँडामा एक वटा र अर्को पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने र सोही कार्यविधी मार्फत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
पछिल्लो समाचार →
पत्रकार महासंघ मकवानपुर र सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता

Leave a Comment

Your email address will not be published. Required fields are marked *