Latest News
Kathmandu

सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

९ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो ।

मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको बताए ।

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

बागमती प्रदेश सभा सदस्यसमेत रहेका स्थानीय राजकाजी महर्जनका अनुसार यो मन्दिर गुठीको हो । यो गुठी काठमाडौं उपत्यकाकै धनी मानिन्छ । यसले ६ सय परिवारलाई संगठित गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार
पछिल्लो समाचार →
मधेश राजपत्रमा बुच्चे नक्सा, सरकार भन्छ- गल्ती भयो, सच्याइन्छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *