Latest News
Kathmandu

कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या

१० माघ, धनगढी । कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दलहरूको विधानमा निर्वाचन आयोगले किन लगाउँछ ‘कैँची’ ?
पछिल्लो समाचार →
आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *